Logo
Logo

टी-२० वरीयतामा दीपेन्द्र, सन्दीप, रोहित र कुशलको सुधार


0
Shares

काठमाडौं । आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा २६ वर्षीय ऐरी ब्याटिङमा ४ स्थान सुधार गर्दै ७२औँ र बलिङमा ५ स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लिएका हुन् ।

टी–२० बलिङ वरीयतामा सन्दीप लामिछाने १० स्थान सुधार गर्दै ७४औँ स्थानमा उक्लिएका छन् । टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेल ३ स्थान सुधार गर्दै ७५औँ र कुशल भुर्तेल ४ स्थान सुधार गर्दै ७७औँ स्थानमा उक्लिएका छन् ।

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा यथावत् छन् । यो वरीयतामा कुशल भुर्तेल २ स्थान सुधार गर्दै २३औँ र रोहित पौडेल १ स्थान सुधार गर्दै ४२औँ स्थानमा उक्लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्