Logo
Logo

कोरोनाबाट नायब निरीक्षकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ कात्तिक ।
कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । सई नगेन्द्र खड्काको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी राजु अर्यालका अनुसार खड्कामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । उनलाई आईसीयूबाट वार्डमा सारिएको दिन नै निधन भएको उनले जानकारी दिए । दैलेख घर भएका सई खड्का अर्घाखाँची गुल्ममा कार्यरत रहेको प्रवक्ता अर्यालले जानकारी दिए । यसअघि पनि सशस्त्र प्रहरीका एक कर्मचारीको कोरोनाबाट मृत्यु भएको थियो।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्