Logo
Logo

आज नेपाल वेस्ट इन्डिजविरुद्ध खेल्दै


441
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने सङ्घारमा छ ।

नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ । नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

हेड टु हेड

वेस्ट इन्डिज दुईपटकको च्याम्पियन टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप उपाधि जितेको थियो । वेस्ट इन्डिज आईसीसी टी-२०आई वरियतामा सातौँ स्थानमा छ । शाइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिज पनि पावर हिटिङका लागि परिचित टोली हो ।

नेपालले वेस्ट इन्डिजसँग हालसम्म ३ खेल खेल्दा २ खेल जितेको छ भने १ खेलमा पराजित भएको छ । गत अक्टोबरमा भएको ऐतिहासिक टी-२०आई शृङ्खलामा नेपालले वेस्ट इन्डिजमाथि २-१ को शृङ्खला जित निकालेको थियो ।

यद्यपी त्यतिबेला वेस्ट इन्डिजका लागि खेलेकामध्ये २ खेलाडी मात्र विश्वकपको टोलीमा छन् । विश्वकपका लागि वेस्ट इन्डिजले बलियो टोली खेलाएको छ ।

प्रतिक्रिया दिनुहोस्