Logo
Logo

महिला एशिया कप राइजिंग स्टार्स : युएईले नेपाललाई दियो १९० रनको विशाल लक्ष्य


441
Shares

काठमाडौं । युएईले महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगिता अन्तर्गत नेपाललाई १९० रनको विशाल लक्ष्य दिएको छ ।

थाइल्याण्डमा जारी खेलमा युएईले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रन बनाएको हो ।

युएईका लागि कप्तान इशा ओजाले शतकीय पारी खेल्दै अविजित १२५ रन बनाएका थिए । त्यस्तै हीना हटचन्दानदानीले अविजित ४५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ र कबिता कुँवरले एक विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्