काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

नवौँ ओभरसम्म नेपालले चार विकेट गुमाएको छ । नेपालले पछिल्लो विकेट आरिफ शेखको गुमाएको छ । आरिफलाई जेसन होल्डरले म्याथ्यू फोर्डबाट क्याच आउट गराए । आरिफले २ रनमात्रै बनाए ।
कप्तान र दुवै ओपनर नेपालले पावरप्लेमै गुमाएको थियो । मुम्बईको वानखेडेमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो ।
ओपनर कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा एक रन बनाएर आउट भएका थिए । उनी अकिल हुसेनबाट बोल्ड भएका थिए।
त्यसपछि आएका कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन् । कप्तान रोहितलाई वेस्ट इण्डिजका म्याथ्यु फोर्डले एलबिडब्लु धरापमा पारेका थिए ।
अर्का ओपनर आशिफ शेख पाँचौँ ओभरको पहिलो बलमा आउट भएका हुन् । उनलाई जेसन होल्डरले विकेट लिएका हुन् । चार विकेटपछि लोकेश बम ब्याटिङमा आएका छन् । १० औँ ओभर चलिरहँदा नेपालले ३३ रन बनाएको छ ।












