Logo
Logo

सामाजिक सुरक्षामा सरकारको खर्च १४.४८ प्रतिशत वृद्धि


441
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२८३ को पहिलो ६ महिनामा सरकारले सामाजिक सुरक्षातर्फको खर्चमा १४.४८ प्रतिशत वृद्धि गरेको छ।

The current image has no alternative text. The file name is: artha-mantralaya-finance-ministry.jpg

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षाका विभिन्न शीर्षकमा कुल ८९ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१र८२ को सोही अवधिमा ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ खर्च भएको थियो ।

मन्त्रालयका अनुसार यस अवधिमा परिवार तथा शिशु कल्याणका लागि ३२ लाख रुपैयाँ खर्च गरिएको छ भने बेरोजगार शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक असमावेशी शीर्षकमा ३ करोड ७ लाख रुपैयाँ तथा सामाजिक सुरक्षा अनुसन्धान र विकासमा ३० लाख रुपैयाँ खर्च भएको छ ।

अन्यत्र वर्गीकरण नभएको सामाजिक सुरक्षातर्फ भने ८९ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेट खर्च ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्