Logo
Logo

प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ २७ कात्तिकमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ कार्तिक । संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुुनुुवाइ हुने भएको छ ।
संघीय संसद् संसदीय सुुनुुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएको हो । सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुुनुवाइका लागि उनीहरुको नाम समितिसमक्ष पठाएको थियो ।
समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूूचना जारी गरी आमन्त्रण गरेकामा आजको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् । उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुुरीकर्तालाई बोलाएको थियो ।
प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् । समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।
प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो÷होइन ठह¥याइ समितिले आवश्यक निर्णय लिनेछ । प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट उनीहरुलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्