Logo
Logo

‘मेरो अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिन्छन्’


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई घेराबन्दी गरेर सखाप पार्ने प्रयास असफ भएको बताएका छन् ।

आफ्नो निवाएचन क्षेत्र चितवन १ को चुनावी सभालाई सम्बोधन गर्दै उनले मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा के हो ? भनेर सोधेको घटनाको स्मरण गर्दै आफूलाई घेराबन्दी गरेर सखाप पार्न खोजिएको भएपनि नसकेको बताएका हुन् ।

‘हामीलाई त घेराबन्दी गरेका हुन् । उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन् । मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन्, ’ उनले भने, ‘मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो ?’ भनेर सोधेका हुन् मलाई । त्यतिखेर मैले त जवाफ दिइनँ । मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ ।’

उनले आफ्नो अन्तिम इच्छा देशको युग परिवर्तन गर्न सक्ने सक्षम जवाफ फागुन २१ को चुनावमा जनताले दिने विश्वास व्यक्त गरे।

उनले भने, ‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन। यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ। यस पटक पूरा गर्नै पर्छ। राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर, आ–आफ्नो ठाउँमा लगेर बजेटको गलत वितरण गरेर, ’मैले यति ल्याएँ र उति ल्याएँ’ भनेर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यसपटक गर्नै पर्ने हुन्छ।’ उनले आफूले प्रतिशोध नगर्ने भन्दै मध्यरातमा उठाएर लगेका हिसाब कानुनी रूपमा आफैँ लड्ने बताए।

प्रतिक्रिया दिनुहोस्