Logo
Logo

हुन्डी अखडामा सिआईबीको छापा, एक करोडसहित तीन व्यापारी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ कात्तिक ।
ठूलो मात्रामा हुन्डीको कारोबार हुने एक अखडामा प्रहरीले छापा हानी तीन जनालाई पक्राउ गरेको छ । ओमबहालमा सिआईबीले सोमबार छापा हानेको हो । उनीहरुबाट हुन्डीको एक करोड रुपैयाँ बरामद गरेको छ ।


त्यहाँबाट विकास मित्तल, कमल मित्तल र गणेश पौडेललाई पक्राउ गरेको हो । उनीहरुको हुन्डी गिरोहबाट छानबिन भइरहेको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्