Logo
Logo

उच्च अनुशासन र इमान्दारीताका साथ काम गर्न महानिरीक्षक खनालको निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ कात्तिक ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका बिभिन्न इकाइहरुको निरिक्षण गर्नुका साथै कोरोना संक्रमित कर्मचारीहरुसँग भेटेका छन् । खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा , नम्बर २३ मनकामना गण तनहुँ , नम्बर २४ कालिका गण पोखरा , हुल तथा दंगा ब्यबस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्म समेतको निरिक्षण गरेका हुन् ।


निरीक्षणको क्रममा उनले उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारि पुरा गर्न निर्देशन दिएका छन् । संगठनको आदेश र निर्देशनको पुर्ण पालना गर्न तथा एक ब्यक्तिको बदमासीले कारण सिंगो संगठनको बद्नाम हुनसक्ने भन्दै संगठनको गरिमा माथि उठाउने काम गर्र्नु जोड दिएका छन् । सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाको लागि क्षेत्रीय स्तरमा बिद्यालय हरुको स्थापना र कर्मचारिको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको बताउँदै खनालले कार्यक्षेत्रमा उच्च मनोबल र अबिचलित रही कार्य गर्न समेत निर्देशन दिएका छन् । निरीक्षणका क्रममा उनले कोरोना संक्रमित कर्मचारि लाइ समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्