Logo
Logo

आर्मीलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला च्याम्पियनशिपको उपाधि


378
Shares

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।

उदयपुरको थारुहट रङ्गशालामा आज भएको फाइनलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफका गीता राना र रेनुका नगरकोटेले १/१ गोल गरे । आर्मीकी जेनिफर रानाले गोल गरिन् ।

योसँगै विजेता बनेको एपीएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । एपीएफले दोस्रो सेमिफाइनलमा सङ्कटा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले अयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्