काठमाडौं । विश्वकप अन्तर्गत सुपर आठको पहिलो खेल वर्षाले रद्द भएको छ । पाकिस्तान र न्यूजील्याण्डबीचको श्रीलंकाको कोलम्बोमा हुने खेल वर्षाले हुन नसकेपछि रद्द गरिएको हो। खेल रद्द भएपछि दुवै देशले एक एक अङ्क बाँडेका छन् ।

यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो टस भएपछि सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो ।
सुपर आठका आज दुई खेल हुदैछन् । पहिलो खेल श्रीलंका र इङल्याण्डबीच पालेकेमा हुदैछ भने दोस्रो खेल भारत र दक्षिण अफ्रिकाबीच अहमदावादमा हुनेछ ।











