Logo
Logo

जनता कोरोना महामारीमा, प्रधानमन्त्री गीतिएल्बम बिमोचनमा व्यस्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ कात्तिक ।
देश कोरोना महामारीमा छ । सरकारले संक्रमितको उपचार समेत गर्न नसक्ने भन्दै पन्छिएको छ । दिनप्रतिदिन संक्रमण बढ्दा पनि सरकारले त्यसको न्यूनीकरणमा कुनै चासो लिएको छैन ।


उता प्रधानमन्त्री केपी शर्मा अाेली धेरै जसो समय पार्टीको बैठकमै व्यस्त छन् । अझ यस्तो महामारीको बेला प्रधानमन्त्री ओलीले मंगलबार गीति एल्बम विमोचन गरेका छन् ।

प्रमनाथ अधिकारीको ‘फर्किन मेरी आमा’ नामक एल्मब ओलीले मंगलबार विमोचन गरेका हुन् । सो एल्बममा कालापानीबारे गीत रहेको छ । अधिकारी जनसांस्कृतिक महासंघका पूर्व महासचिव हुन् ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनबारे उच्च तहका बैठक नै बस्न छाडिसकेका छन् । प्रधानमन्त्री ओलीले पनि यसबारे कुनै छलफल गरेका छैनन् । यस्तो अवस्थामा एल्मब विमोचन गरेर समय बिताउने प्रधानमन्त्रीको कदमप्रति सर्वसाधरणले आश्चर्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्