Logo
Logo

टी-२० विश्वकपः आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै


252
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन् । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ ।

सुपर–८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ’बी’ मा छ । दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । सुपर–८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो । पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो ।

आजको खेल जसले जितेपनि दुवै देशको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ । यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । अब आज खेल हुने दुई टोली र पाकिस्तानमध्ये एउटा टिम सेमिफाइनल पुग्ने छ ।

एक खेल रद्द र एक हार ब्यहोरिसकेका कारण सेमिफाइनल पुग्न उसलाई कठिन छ । उसले अब अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्