Logo
Logo

मेरो राजिनामाले देश बर्बादीतिर जान्छः प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि परिस्थितिमा आफुले राजीनामा नदिने बताएका छन् । आफ्नो राजिनामाले देश बर्बादीतर्फ जाने उनको भनाई छ ।


बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन्। पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ? मेरा लागि होइन देशका लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो,’ उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहो¥याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेकोसमेत दोहो¥याए । कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गरे । उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, जनताको आवश्यकता र समर्थनले हो । यहाँ पु¥याएको जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो ।’

प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरू देशमा अस्थिरता निम्त्याउन लागिरहेकोसमेत बताए । उनले भने, ‘एकथरी अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरू गर्ने आदत छ केहीको । एडिक्ट भएका छन् कोही ।’

प्रतिक्रिया दिनुहोस्