Logo
Logo

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द


0
Shares

काठमाडौं । यही फागुन १८ गतेदेखि मतदानको दिन (२१ गते)सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो ।

The current image has no alternative text. The file name is: Kathmandu.jpg

कार्यालयले जारी गरेको सूचना अनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन । ‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात् सम्पूर्ण व्यवसायीहरू बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्