Logo
Logo

राष्ट्रिय लिग फुटबलः एनआरटी विजयी


189
Shares

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम एनआरटी विजयी भएको छ ।

The current image has no alternative text. The file name is: nrt.jpg

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले चित्लाङ फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै खेलको ३७औँ मिनेटमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल एक-एक गोलको बराबरीमा पुग्यो ।

त्यस्तै एनआरटीका टिमोथी चिएमेरिए ओकेरेकेले खेलको ५४औँ मिनेटमा शान्त्वना गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन । यो जितसँगै एनआरटीले प्रतियोगितामा पाचौँ जित दर्ता गराएको छ । लिगमा नौ खेल खेलेको एनआरटीले १९ अङ्क जोडेको छ ।

यस्तै चित्लाङको यो चौथो हार हो । नौ खेलबाट चित्लाङले ७ अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्