
काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले अत्यावश्यक नभएसम्म नेपाली राजदूतावास र महावाणिज्य दूतावास दुबईबाट प्रदान गरिने सेवाका लागि नआउन आग्रह गरेको छ ।
दूतावासले सूचना जारी गरेर आजदेखि २० गतेसम्म नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्य दूतावास दुबईबाट प्रदान गरिने राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामालगायत कन्सुलर सेवाहरू आफूलाई तत्कालै आवश्यक भए मात्र दूतावास÷महावाणिज्यदूतावासमा आउन भनेको हो ।
यूएई सरकारका आधिकारिक निकायले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र संयमता अपनाउन सुरक्षा मापदण्ड जारी गरेको दूतावासले स्मरण गराएको छ । ‘केही दिन धैर्य गरी परिस्थिति सहज भएपछि आफ्ना कामका लागि दूतावास÷महावाणिज्यदूतावासमा आउनु उपयुक्त हुने व्यहोरा अनुरोध गरिन्छ,’ दूतावासले भनेको छ ।











