
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभा निर्वाचन आउन ३ दिन बाँकी रहँदा प्रधानमन्त्रीले आज प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)बाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्रीले आज आम चुनाव र अन्य समसामयिक विषयमा राष्ट्रलाई सम्बोधन गर्ने र त्यसका लागि अहिले प्रावधिक तयारी भइरहेको जानकारी दिए ।
यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो । यो सरकारको मुख्य काम नै चुनाव गराउनु हो ।











