
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा पार्टीले जारी गरेको आचारसंहिता पार्टीका उम्मेदवारहरूले पालना गरेको निष्कर्ष निकालेको छ ।
केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले राजी गरेको विज्ञप्तिमा केही छिटफुट घटनाबाहेक हालसम्म पार्टीका मर्यादित, अनुशासित र जिम्मेवार आचरण प्रदर्शन गरेको प्रारम्भिक अध्ययनबाट देखिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा पार्टीले जारी गरेको आचारसंहिताको समुचित पालना भइरहेकोमा आयोग सन्तुष्ट छ । आगामी निर्वाचन कार्यक्रम तथा गतिविधिहरू अझ बढी सौहार्दपूर्ण, मर्यादित, अनुशासित र जिम्मेवार ढङ्गबाट अघि बढाउन प्रचलित कानुन, निर्वाचन आयोगबाट जारी आचारसंहिता तथा पार्टीको आचारसंहितासमेतको उचित परिपालना हुनेमा केन्द्रीय अनुशासन आयोग विश्वस्त छ ।’












