Logo
Logo

कुवेतमा अमेरिकाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त


1.6k
Shares

काठमाडौं । कुवेतको रक्षा मन्त्रालयले अमेरिकाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त भएका बताएको छ । मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पाइलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको पनि जनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्धार अभियान सुरू गरेका कारण चालक दलका सदस्यहरूलाई सुरक्षित अस्पताल पुर्‍याइएको र सबैको अवस्था स्थिर रहेको बताएका छन् ।

कुवेतको रक्षा मन्त्रालयले घटनाको कारणबारे जाँच चलिरहेको छ । तर, यी दुर्घटनाहरू प्राविधिक कारण हो, अथवा कुनै आक्रमणको नतिजा हो भन्ने बारे स्पष्ट नभएको बताइएको छ ।

इरानविरूद्ध जारी अमेरिका–इजरायलको संयुक्त हवाई हमलाको तेस्रो दिन यस्तो घटना भएको हो ।

यसैबीच, इरानले छिमेकी अरब देशहरूमा अवस्थित अमेरिकी सैन्य स्थलमा जवाफी हमला जारी राखेको छ ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कुवेतमा एक लड़ाकु विमानका क्रू सदस्य विमान दुर्घटना हुनुभन्दा केही समय अगाडि बाहिर निस्किएका र प्यारासुटबाट सुरक्षित अवतरण भएको दृश्य देखिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्