Logo
Logo

निर्वाचनका दिन यति एयरलाइन्सले उडान नभर्ने


252
Shares

काठमाडौं । यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जानकारी दिएको हो ।

यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ । निर्वाचनका कारण यात्रु वर्गमा पर्न गएको असुविधाप्रति एयरलाइन्सले क्षमायाचना गर्दै यात्रुलाई आवश्यक योजना मिलाउन अनुरोध गरेको छ ।

यति एयरलाइन्सले नागरिकलाई लोकतान्त्रिक अभ्यासमा सहभागी भई मतदान गर्न आह्वान गर्दै ‘मतदान गरौँ, जिम्मेवार नागरिक बनौँ’ भन्ने सन्देशसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्