Logo
Logo

कलाकार मनोज गजुरेललाई आईसियुमा सारियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ कात्तिक ।
कोरोना संक्रमणबाट बिरामी भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य बिग्रदै गएको छ । उनलाई आईसियुमा सारेर उपचार भइरहेको छ ।
गत १० कात्तिकमा उनलाई संक्रमण भएकोमा श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल लगिएको थियो । बिहीबार उनलाई आईसियूमा सारिएको हो । बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उनको उपचार भइरहेको छ ।


हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि आईसियुमा सारिएको हो । केही दिनअघि गजुरेलले पाँच दिन हुँदा पनि आफ्नो स्वास्थ्यमा सुधार नआएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्