बारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले बाराबाट मतदान गरेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले पहिलो मतदान गरेका हुन् ।
श्रेष्ठ बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद हुन् । २०७९ को निर्वाचनमा उम्मेदवार बन्दा उनी तनहुँको मतदाता थिए । त्यतिबेला आफैँलाई मतदान गर्न नपाएका श्रेष्ठले यसपटक मतदाता नामावली बारा सारेका थिए ।











