काठमाडौं । लामो समय निर्वाचन बहिस्कार गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि मतदान गरेका छन् । उनले रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोाटस्थित बाल शिक्षा माध्यमिक विद्यालयमा केन्द्रमा पुगेर मतदान गरेका हुन ।

देशभर नै जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।











