काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई आवागमनमा रोक लगाएको छ । निर्वाचन सुरक्षाको कारण सवारी पास भएकाहरूलाई मात्र सञ्चालन गर्न दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बताए ।

निर्वाचन आचार संहिता विपरीत हिँडेका सवारी चालकको सवारी साधन ट्राफिक प्रहरीले होल्ड गरेको छ । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनालाई चल्न दिइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने जानेलाई कारण देखाएको अवस्थामा सहजीकरण गरिएको अधिकारीले बताए । बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिहरूको टुङ्गो लाग्नेछ ।











