काठमाडौं । कालीकोटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्म कालीकोटको सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोटमा ८४ हजार ६ सय ४६ मतदाता रहेका छन् ।











