काठमाडौं । निर्वाचन आयोगले देशभर उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।जारी मतदान अनुसार दिउसो ३ बजेसम्म ७४ लाख १४ हजार १०१ मत खसेको छ । जसअनुसार ३९ प्रतिशत मतदान भएको हो ।

जसमा सबैभन्दा बढी कोशी प्रदेशमा ५८ प्रतिशत मतदान भएको छ भने सबै भन्दा कम लुम्बिनी प्रदेशमा ३८ प्रतिशत मतदान भएको छ ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेको र मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस निर्वाचनमा देशभर ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० सहित कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाता रहेका छन् ।











