काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-८ कालीनाग मतदान स्थलमा विवाद भएको छ ।

मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको भएको हो ।
अहिले छलफल भइरहेको छ । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने बताइए पनि सहकारी परिचय पत्रबारे केही उल्लेख थिएन । यही विषयमा विवाद भएको हो । मतदाता नामावलीमा नाम रहेकाले भोट हाल्न दिने गरी सहमति हुन लागेको जनाइएको छ ।











