अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ४ मा मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ । मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद भएको हो ।

मतदान अधिकृतको अनिवार्य हस्ताक्षर बिना वितरण गरिएको मतपत्र भेटिएपछि दलका प्रतिनिधि र मतदानस्थलमा रहेका सरोकारवालाहरूले आपत्ति जनाएका थिए । त्यसपछि स्थिति स्पष्ट नहुँदासम्म मतदान प्रक्रिया रोकिएको हो ।
सम्बन्धित निकायले घटनाको छानबिन गरिरहेको र समस्या समाधान भएपछि मात्रै मतदान प्रक्रिया पुनः सुरु गरिने जनाइएको छ ।











