Logo
Logo

धुम्बाराही बैठकः ओलीविरुद्ध पाँच नेता एकजुट भएर अघि बढ्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ कात्तिक ।
प्रचण्डले बोलाएको नेकपाको सचिवालयको अनौपचारिक बैठक सकिएको छ । धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डले ओलीसँगको भेटमा भएको कुराबारे ब्रिफिङ गरेका थिए ।


ओलीले पार्टीको निर्देशन नमानेको भन्दै उनीविरुद्ध एकजुट भएर जानेमा बैठकमा सहभागी पाँचै नेता सहमत भएका छन् । बैठकमा बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सहभागी थिए । उनीहरुले शनिबार सामूहिक रुपमा ओलीलाई भेटेर औपचारिक बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेका छन् ।
बैठकमा रामबहादुर थापा बादल र विष्णु पौडेल भने उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्