काठमाडौं । निर्वाचन आयोगका अनुसार जारी मतगणनामा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ ।

चितवन-२ का एमाले उम्मेदवार अस्मिन घिमिरेले ७ सय ५५, रुपन्देही-४ का उम्मेदवार प्रमोद कुमार यादवले १२ सय ८ र बाँके-२ का उम्मेदवार मोहम्मद इस्तियाक राईले ८ सय ८२ मत पाएर अग्रता लिएका छन् ।











