काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले ९ हजार ७८ मत प्राप्त गरेकी छिन् ।

यस्तै, नेपाली कांग्रेसका प्रवल थापाले ४ हजार ८८ मत पाएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का रविन्द्र मिश्रले २ हजार ३५५ मत पाएका छन् ।











