काठमाडौं । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राणा अग्रस्थानमा रहेकी छन् ।

अर्जुनधारामा भइरहेको मतगणनाको प्रारम्भिक परिणामअनुसार राणाले ४१० मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले २०४ मत पाएका छन् ।
कांग्रेसबाट सरिता प्रसाईँ उम्मेदवार रहेकी छन् भने नेकपाका तर्फबाट धर्मशिला चापागाईं प्रतिस्पर्धामा छन् । झापा–२ मा पूर्व सभामुख देवराज घिमिरे र पूर्व उपसभामुख इन्दिरा राणाबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।











