काठमाडौं । नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ।

बिहान ६ बजेबाट मतगणना सुरु भएको हो । धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो ।
प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ । उनले १४१५ मत ल्याउँदै गर्दा कांग्रेसका कुशुम थापाले ४१७ मत ल्याएकि छिन । त्यस्तै एमालेका लिलामणि गौतमले ४३१ मत ल्याएका छन् ।
प्रगतिशील लोकतान्त्रिकका संदिप पुनले ३५ मत ल्याएका छन् भने रास्वपाका लखन कुमार थापाले १७६ मत ल्याएका छन् ।प्रमुख जिल्ला अधिकारी परियारका अनुसार आज बेलुका सम्म यहाँको नतिजन प्रकाशन गरिने छ ।











