Logo
Logo

चितवन–३ मा सोविताको अग्रता, पछ्याउँदै रेनु


819
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ६९९ मतले अग्रता लिएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पछि पारेकी हुन्।

जारी मतगणनाको अहिलेसम्मको परिणामअनुसार गौतमले २ हजार ४८५ मत ल्याएकी छन्। दाहालले १ हजार ७८६ मत ल्याएकी छन्।

नेकपा एमालेका शंकर थपलियाले ५३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका टेकप्रसाद गुरूङले २७६ मत प्राप्त गरेका छन्। राप्रपाका दीपक थापाले ११३ मत ल्याएका छन्। त्यहाँ मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्