काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ मा पनि मतगणना जारी छ । ५ सय मतगणनामा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता लिएका छन् । नेपाली कांग्रेसका सुनिल शर्मा दोस्रो स्थानमा छन् ।

अमिरले २ सय १८ र सुनीलले १ सय १९ मत पाएका छन् । रास्वपाका गणेश कार्की १ सय १६, नेकपा एमालेका इरान राईले २८ मत ल्याएका छन् । यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता कायम गरेको हो ।











