
काठमाडौं । रास्वपाले पुराना दलमाथि अग्रता बढाइरहेको जारी मतगणनामा नेपाली कांग्रेस ५ क्षेत्रमा अगाडि देखिएको छ । कांग्रेस तेह्रथुमका उम्मेदवार सन्तोष सुब्बा १६२५ मतको साथ अग्रतामा छन् ।
ललितपुरमा १ कांग्रेसका उदयशमशेर राणाले १५५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । मुस्ताङमा योगेश गौचन थकाली १५९२ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । २०७९ मा योगेश ३९९२ मत प्राप्त गरी विजयी भएका थिए । कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह ७६५ मतसहित अग्रता लिइरहेका छन् । कैलाली १ मा कांग्रेसका जनकराज चौधरी ३४८ मतसहित अगाडि छन् ।
रास्वपाले देशभरका मतगणना भएकामध्ये ४२ क्षेत्रमा अग्रता लिइरहेको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३ र नेकपाले एक स्थानमा अग्रता लिइरहेको छ । रास्वपाले अग्रता लिइरहेका क्षेत्रमा धेरै मतले उम्मेदवार अगाडि छन् ।











