काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजय सुरु गरेको छ । देशका अधिकांश स्थानमा रास्वपा उम्मेदवारले अग्रता लिइरहँदा काठमाडौंका दुई क्षेत्रमा रास्वपाका उम्मेदवार मतगणना नसकिँदै ‘विजयी’ बनेका छन् ।

काठमाडौं १ बाट रञ्जु दर्शना र ८ बाट विराजभक्त श्रेष्ठको जित निश्चित भएको हो । गन्न बाँकी मत भन्दा उनीहरूको अग्रता बढी रहेकाले जित निश्चित भएको हो ।














