Logo
Logo

रौतहट ४ मा घण्टीको भारी अग्रता, ऋषी धमलालाई ९ भोट


756
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रौतहट ४ को प्रारम्भिक मतगणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन् । यो क्षेत्रमा रास्वपाले सुरुवातमै भारी अग्रता बनाएको छ ।

३ हजार ८ सय २६ मत गणना हुँदा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसले ६ सय ९२ र तेस्रोमा नेकपाले ६ सय ३७ मत पाएको छ ।

आम आदमी पार्टीको मोबाइल चुनाव चिन्हबाट लडेका धमलाले ९ भोट मात्र ल्याएका छन् । उनी चुनाव प्रचारका क्रममा सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्