Logo
Logo

सर्लाही-४ मा गगन तेब्बर मतले पछाडि


2.5k
Shares

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ । थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेश सिंहले १९०८ मतसहित तेब्बरले पछि पारेका हुन् ।

The current image has no alternative text. The file name is: gagan-amresh.jpg

यहाँ गगनले ताजा अवस्थामा ५३६ मत मात्रै ल्याउन सफल भएका छन् । अमरेशकै गृहनगर बलाराको ३ हजार मत गनिसक्दा उनले फराकिलो अग्रता लिएका हुन् ।

त्यहाँ ताराका उम्मेदवारले ३६९ मत पाउँदा सूर्यका उम्मेदवारले केबल ६९ मत लिन सफल भएका छन् । गगन काठमाडौं ४ छाडेर यही निर्वाचनमा सर्लाही ४ झरेका हुन् । यता काठमाडौं ४ पनि रास्वपाले खोस्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस्