Logo
Logo

कञ्चनपुर २ मा रास्वपाका बोहोराको अग्रता


441
Shares

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक राज बोहराले अग्रता कायम राखेका छन्।

कञ्चनपुरको कृष्णपुर ७, ८ र ९ को ७ हजार ५६६ मत गणना सकिँदा ४ हजार २६८ मत ल्याउँदै उनले अग्रता कायम गरेका हुन्।

त्यसैगरि, दोस्रो स्थानमा नेपाली कांग्रेस एनपी साउद छन्। उनले १ हजार ५२५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बचन बहादुर सिंह ८३७ मत पाउँदै तेस्रो स्थानमा छन्।

माओवादीका माधव पन्तले ४२७ मत ल्याउँदा राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट उठेका तीर्थ चटौतले १६१ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्