
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही ३ मा नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ रास्वपाका नरेन्द्र साह कलवारसँग पछि परेका छन् ।
कलबारले झण्डै दुई हजार मत पाउँदा श्रेष्ठले जम्मा ३५६ मत पाएका छन् । सर्लाही ३ अघिल्लो निर्वाचनमा एमालेका हरि उप्रेती विजयी भएको क्षेत्र हो ।
हरिवनस्थित नापी कार्यालयको सभा हलमा अहिले मतगणना जारी छ । सर्लाही ३ मा एक लाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह, नेकपाका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोद खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।











