
काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् ।
सार्वजनिक मत परिणामअनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार ७०२ मत प्राप्त गरेकी छिन् । त्यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डेले ५२५ र नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।











