
काठमाडौं । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङले अग्रता लिएका छन्।
हालसम्मको मतपरिणाम अनुसार सुहाङले ४९१ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन्।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत पाएका छन् भने रास्वपाका गोकुल राईले १७१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन्।











