Logo
Logo

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी


441
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी २४ हजार ५ सय ९२ मतसहित प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भएका छन् ।

२०७९ को निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी केही समय युवा तथा खेलकुदमन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्