Logo
Logo

रास्वपा, कांग्रेस र नेकपाको ६ जना विजयी, एमालेले खाता खोल्न बाँकी


2.8k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार देशका विभिन्न निर्वाचन क्षेत्रमा अप्रत्याशित र रोचक नतिजाहरू बाहिर आएका छन् । रास्वपाका का उम्मेदवारहरूले देशको विभिन्न ठाउँमा सानदार जित निकाल्दै स्थापित दलहरूलाई स्तब्ध बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व)पाले सबैभन्दा बढी तीन ठाउँ जित निकाल्दा नेकपा एमालेले भने अहिलेसम्म खाता समेत खोल्न सकेका छैनन् । यता, नेपाली कांग्रेसले दुई ठाउँमा जित निकाल्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एक ठाउँमा जित निकालेको छ ।

कुन ठाउँमा को विजयी ?
१. रुकुमपूर्वबाट नेकपाले खोल्यो खाता
रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।क उनले आफ्ना प्रतिस्पर्धीहरूभन्दा झन्डै तीनगुणा बढी मत ल्याउँदै विजय हासिल गरेका हुन् । अन्तिम मतपरिणामअनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाए । त्यस्तै कांग्रेसकी कुसुमदेवी थापाले पनि ३ हजार ८१ मत प्राप्त गरिन् भने रास्वपाका कुमार थापाले ८१९ मत पाए । रुकुमपूर्वमा कुल १९ हजार १८८ मत खसेको थियो ।

२. काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ सानदार जित
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतान्तरका साथ विजयी भएका छन् । मतपरिणामअनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै जित दर्ता गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पारे । काठमाडौं–८ मा खसेको कुल मतको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत १० प्रतिशतको सीमा पार गर्न सकेनन्। त्यसका कारण उक्त क्षेत्रमा प्रतिस्पर्धा गरेका सबै २१ जना पराजित उम्मेदवारको धरौटी जफत भएको छ । श्रेष्ठपछि दोस्रो स्थानमा रहेका नेकपाका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन् । कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत पाइन् ।

३. कठमाडौं एकमा रञ्जु दर्शना को जित
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं एकबाट रञ्जु न्यौपाने दर्शनाले भारी मतान्तरले विजयी भएकी छन् । उनी १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत पाए । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्र प्राप्त गरे । उनको यो ह्याट्रिक हार हो । यसअघि उनी कांग्रेस नेता प्रकाशमान सिंहसँग दुई पटक पराजित भएका थिए ।

४. मुस्ताङबाट कांग्रेसले खोल्यो खाता
प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचन थकालीले एमालेका इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा विष्टले १ हजार ८०६ मत पाए । राप्रपाका अद्वितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।

५. काठमाडौं–६ मा शिशिर खनाल विजयी
काठमाडौं क्षेत्र नम्बर ६ बाट रास्वपाका उम्मेदवार शिशिर खनाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए । त्यस्तै एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत, राप्रपाका उम्मेदवार उद्धवराज भेटुवालले २९० मत तथा नेकपाका उम्मेदवार हेमलाल शर्माले २३१ मत प्राप्त गरेका छन् ।

६. मनाङमा पनि कांग्रेसकै उम्मेदवार विजयी
हिमालपारिको जिल्ला मनाङमा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ भारी मतान्तरले विजयी भएका छन् । कुल खसेको २ हजार २८४ मतमध्ये सदर भएको २ हजार २४४ मतमध्ये गुरुङले २ हजार २३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्