पोखरा । कास्की–२ मा रास्वपाले जित्ने निश्चित भएको छ । यो क्षेत्रबाट एमालेका लोकप्रिय नेता स्वा. रवीन्द्र अधिकारीले लडेको निर्वाचन क्षेत्र हो ।

एमालेले लालकिल्ला ठान्ने यो ठाउँमा ११ हजार मत गन्नुअगावै रास्वपाका उमेदवार उत्तमप्रसाद पौडेलको जित सुनिश्चित भएको छ । ५२ हजार ७३६ मत खसेकोमा हालसम्म ४१ हजार ५४१ सदर मतगणना भएको छ ।
अब ११ हजार १९५ मत गन्न बाँकी हुँदा रास्वपा उमेदवार पौडेल १८ हजार ८१७ मतान्तरले अगाडि छन् । उत्तमले २५ हजार १३७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रश्मी आचार्यले ६ हजार ३२० मत ल्याएका छन् ।
नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै चार हजार ६६९ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार १०७ मत ल्याउँदा राप्रपाका उमेदवार हेमजङ गुरुङले एक हजार २५८ मत ल्याएका छन् ।











