इन्जिनियर र होटल सञ्चालक घुससहित पक्राउ « Drishti News – Nepalese News Portal
Logo

इन्जिनियर र होटल सञ्चालक घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता


नुवाकोट, २२ कात्तिक ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियरसहित दुई जनालाई घुुससहित रंगेहात पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर घर भई बेलकोटगढीमा कार्यरत इन्जिनियर पर्वत पौडेल र बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भइ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्ट छन् ।

विदुर नगरपालिका–२ स्थित सागर मिठाई पसलमा चिया पिउँदै रकमको काराबार गर्न लाग्दा आयोगबाट खटिएका टोलीले शनिबार बिहान पक्राउ गरेको हो । बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए । लाभग्राही सूचीमा पार्नका लागि होटल सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए । शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ ।

प्रतिक्रिया दिनुहोस्