काठमाडौं । विवाद भएपछि गोरखा २ को मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो ।

कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत मोहन बेलवासेले बताए ।
‘मतदान अधिकृतको हस्ताक्षर नभएको एउटा मतपत्र भेटिएछ,’ उनले भने, ‘देखेपछि बदर भनेर राखियो तर धाँधली भयो भनेर कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिनुभयो ।’











